News by: helpline
काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताउनु भएको छ ।
भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ नेतृत्व चयन अघि बढ्ने वताउनु भएको हो । थापाले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताउनुभयो । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्ने वताउदै थापाले सानेपामा बसेर गरेको निर्णयबारे आफ्नो कुनै प्रतिक्रिया नरहेको पनि वताउनुभयो ।
विशेष महाधिवेशनबाट अस्ति नै भङ्ग भैसकेको केन्द्रीय समितिको निर्णयको कुनै अर्थ नहरेको भनाइ थापाको छ । थापाले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । थापलेले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,