News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बिहीवार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रिय सदस्य एनपी साउदले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धित पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ । साउदले नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन अवैधानिक भएको र त्यो आवश्यक नभएको उल्लेख गर्नुभयो ।
पदाधिकारीहरुलाई समेत विशेष महाधिवेशन बोलाउने अधिकार नभएको उहाँको भनाई छ । त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय कांग्रेसले गरेको हो ।
बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने र आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसलाई क्षति पुग्न सक्ने निष्कर्ष पनि निकालेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,