News by: helpline
काठमाडौं । रामेछापमा यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति माग गर्दै बुधबार दिनभर सडकमा प्रदर्शन गरेका छन्।
साँझपख जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी भएपछि स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। पीडितहरूले यातायात समितिका पदाधिकारी वार्तामा आउनुपर्ने, रोजगारी र बालबालिकाको शिक्षाको जिम्मेवारी, घाइतेको उपचार तथा बेपत्ताको खोजी गर्नुपर्ने माग राखेका छन्।
समितिले कानुनअनुसार ५ लाख क्षतिपूर्ति र ३० हजार क्रियाखर्चको प्रस्ताव गरे पनि परिवारले अस्वीकार गरेका छन्। दुर्घटनामा तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ भने खोजी कार्य जारी छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा मंगलबार भएको बस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,