24th December 2025, Wednesday

बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफु भएको कोइरालाको भनाइ

Post Image
1 हप्ता अगाडी

News by: helpline

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताउनु भएको छ । कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताउनु भयो । आफुले कोभिड महामारीकै समयदेखी युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गर्नुभयो । आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याउनु भएको योगदानको सधै उच्च कदर हुने बताउनुभयो। देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पार्नुभयो । "सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ" कोइरालाले भन्नुभयो- "पार्टी भित्र मुल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।" जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिनुभयो ।

No ad available.


No ad available.