24th December 2025, Wednesday

बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने

Post Image
1 महिना अगाडी

News by: helpline

शशी कार्की एडिण्बरा, स्कट्ल्याण्ड । बेलायतका लागि नेपाली कार्यबाहक राजदुत बिपिन दुवाडी र हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाको कार्यसमितिबीच बिविध विषयमा छलफल भएको छ ।

 बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाका पदाधिकारी तथा सदस्यहरु र कार्यबाहक राजदूत दुवाडीबीच आज संयुक्त छलफल भएको हो । सो अवसरमा संस्थाको संरक्षण र बिकासका लागि कसरी बिदेशमा रहेका नेपालीहरुलाई जोड्न सकिन्छ भन्ने कुरामा पनि गहन कुराकानी भएको थियो ।

 सो अवसरमा बेलायतमा रहेका अग्रज नेपाली,गैर आवासीय नेपाली संघ आवद्ध व्यक्तित्वहरुले हिमालयन सेन्टर हाम्रो पहिचान, कला–संस्कृति र सामुदायिक कल्याणको प्रमुख आधार रहेको र यसलाई दिगो, सक्षम र समुदाय–केन्द्रित बनाउने मार्ग खोज्न दूतावाससँगको सम्वाद महत्वपूर्ण रहेको बताएका थिए । बिदेशमा नेपाल र नेपालीको पहिचानको महत्वपूर्ण थलो बनेको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर नामको संस्था रहेको भवन आर्थिक अभावका कारण जर्जर भएको अवस्थामा संस्थाको कार्यसमिति र स्थानीय नेपालीहरुबीच संस्थाको संरक्षण र बिकास एवं यसको महत्वलाई सधैभरी चिरस्थायी बनाउन २ लाख ५० हजार पाउण्ड संकलन गरिने प्रस्ताव पनि गरिएको संस्थाका निर्देशक शशी कार्कीले जानकारी दिनुभयो । सो अवसरमा गैरआवासीय नेपालीका प्रतिनिधि,स्थानीय समाजसेवी लगायतले संस्थाको संरक्षणको अभिभावकत्व ग्रहण गर्न कार्यबाहक राजदूत दुवाडीलाई आग्रह गरेका थिए ।

सो अवसरमा दुवाडीले बेलायतमा रहेका नेपालीहरुसँग सहकार्य र समन्वय गरेर दुताबास अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो । संस्थाका अध्यक्ष मनिश खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिकी निर्देशक कमला श्रेष्ठले गर्नुभएको थियो । छलफलमा बौद्धिक व्यक्तित्वहरु मोती खरेल, श्याम लिम्बु , सरोज राज जोशी तथा कार्यक्रममा सहभागीहरु गैरआवासीय नेपाल संघ (एनआरएनए) बेलायतका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ,फाईफ कम्युनिटीका पूर्ब अध्यक्ष राम बगाले , एनआरएनए बेलायतका पूर्ब सचिब तारानाथ भण्डारी, एनआरएनए स्कट्ल्याण्डका पूर्ब अध्यक्ष काशीराम भण्डारी लगायतले सस्थाको संरक्षणका बिबिध पक्षमा आ–आफ्नो भनाई राख्नु भएको थियो ।

यसै शिलशिलामा दुताबालले आफ्नो एक दिने घुम्ती सेवा पनि आजै ग्लास्गोमा सम्पन्न गर्दैछ।



No ad available.


No ad available.