News by: helpline
काठमाडौं । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित बद्री न्यौपाने नेतृत्वको चुरे भावर पार्टीलाई नेकपामा समाहित गराउने कार्यक्रममा दाहालले यस्तो बताउनुभएको हो । उहाँले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहअरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको समेत बताउनु भयो ।
इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको पनि दाहालले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने