News by: helpline
काठमाडौं । केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेसँग भेटेर राजनीतिक भेटवार्ता शुरु गर्नु भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज बिहीबार राजनीतिक भेटघाटलाई अझ तीब्रता दिनुभएको छ ।
बिहीबार पनि बालेनसँग रास्वपाका सभापति लामिछाने जेनजी अभियान्ता, बिभिन्न राजनीतिक एवं सामाजिक ब्यक्तित्वले भेट गरेका थिए ।
ललितपुरको ज्वागलस्थित कुमार बेन निवासमा बालेनले दिनभर राजनीतिक कार्यकर्ता जेनजी र अभियन्तासँग भेटघाट गर्नुभयो । बालेन यति बेला विभिन्न पक्षसँग सहकार्य वा एकताको बाटो हिँड्ने कि आफैं नयाँ पार्टीमार्फत् अघि बढ्ने चिन्तन र छलफलमा बालेनको सक्रियताले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू आगामी निर्वाचनमा एकीकृत शक्ति बनाएर जाने कसरतमा जुटेका तर्फ संकेत गरेको छ ।
अहिले पनि नयाँ राजनीतिक दल नेता र अभियान्त बीच एकीकृत बैकल्पिक शक्तिको एजेण्डा र भावि नेतृत्वको विषयमा छलफल जारी रहेको छ । समानुपातिकतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति नजिकिँदै जाँदा नयाँ दलहरूले भेटघाट, छलफल र बार्ता–संवादहरू तीव्र बनाउँदै लगेका हुन ।
केहि दिन यता भएका भेटघाटमा आशन्न निर्वाचनका लागि साझा एजेण्डा, सिट बाँडफाँड, उम्मेदवार छनोट र चुनावी रणनीतिबारे प्रारम्भिक छलफल भइरहेको बताइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह सुधार र युवामुखी राजनीति साझा एजेण्डाका रूपमा अगाडि सार्ने तयारी उनिहरुले गरेका छन् ।
एकीकृत शक्तिका रूपमा निर्वाचनमा जाने विषयमा अझै औपचारिक सहमति नभएपनि बालेन रबि लामिछाने,जेनजी अभियान्ता,नयाँ बैकल्पिक भनिएका दलहरुबीच संवाद जारी छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको अवस्थामा यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,