22nd October 2026, Thursday

बझाङमा जीप दुर्घटना ३ को मृत्यु, १२ जना घाइते

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । बझाङ जिल्लामा जीप दुर्घटना हुँदा तीन जानाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुवाबन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना गम्भीर घाइते भएका हुन् ।

शनिबार दिउँसो करिब ३ बजेको समयमा केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ आइरहेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। चालक देव बहादुर धामीले चलाएको उक्त जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

 दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ च्वाबनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारस्यूँ गाउँपालिका–७ की बिमला देवी धामी रहेका छन्।



No ad available.


No ad available.