24th December 2025, Wednesday

बहुविवाहको आरोपमा डीएसपी नेपाल पक्राउ

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । प्रहरी नायव उपरीक (डिएसपीं) मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालबारे बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत एसपी क्षेत्रीले बताउनुभयो । नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिनुभयो ।

No ad available.


No ad available.