23rd August 2026, Sunday

भदौ २४ गतेदेखि कांग्रेसले ‘राष्ट्रिय अभियान’ शुरु गर्ने,महाधिवेशन प्रक्रिया मंगलबारदेखि

Post Image
5 दिन अगाडी

News by: helpline

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अधिवेशन प्रक्रिया मंगलबारदेखि प्रारम्भ हुने जानकारी दिनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले सो जानकारी दिनुभएको हो । थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको र आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रष्ट पार्नुभयो ।

 अधिवेशन पश्चात पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने पनि सभापति थापाको भनाई थियो । सो अवसरमा सभापति थापाले आगामी भदौ २४ गतेदेखि कांग्रेसले ‘राष्ट्रिय अभियान’ शुरु गर्ने घोषणा समेत गरे ।

लोकतान्त्रिक प्रक्रियामा हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै थापाले पार्टीको वृहत्तर हितका लागि सबै नेता तथा कार्यकर्ताको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।



No ad available.


No ad available.