News by: helpline
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण वाढीमा परेर हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।त्यसैगरी भोटेकोशी बाढीपछि ५ हजार २८५ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ ।
तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना संकलन भएको छ। बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।
भोटेकोशीमा वाढी आएको एक महिना पुगेको छ । अझै खोजी उद्धार र राहतको कार्य निरन्तर जारी रहेको जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक