News by: helpline
काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताउनु भएको छ ।
राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दे उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । पूर्व राजा शाहले हिजो देश नबनेकोमा चिन्ता रहेको र अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको पनिसन्देशमा उल्लेख गर्नु भएको छ । शाहले भन्नु भएको छ,‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ । यसैगरी ‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन । र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ पूर्वराजा शाहले भन्नु भएको छ ।।
उहाँले ‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’सन्देशमा भन्नु भएको छ ।
पृथ्वीनारायण शाहको प्रशंसा गर्दै पूर्व राजा शाहले भन्नु भएको छ,‘बडामहाराजधिराजबाट २२ वर्षको युवा अवस्थामा नै सुरु गरेको एकीकरणको सफलतापछि आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फुलबारीको रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिइबक्सेको थियो ।
सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने उनको भनाइ छ ।
‘सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ शाहले सन्देशमा भन्नु भएको छ । आइतबार पुस २७ गते देशैभर पृथ्वी जयन्ती मनाइँदै छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने