23rd August 2026, Sunday

भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौंमा

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौं । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुग्नु भएको छ । आइतबार अपराह्न सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको हो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रधान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ।

विशेषतः दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।



No ad available.


No ad available.