News by: helpline
काठमाडौं । भारतको कोलकाता स्थित ’चोरबगान’ पूजा पन्डालमा बडा दशैको सप्ताीमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको छ।
पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीका अनुसार यस घटनामा अन्य २५ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। भारतीय अधिकारीका अनुसार १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको पछि उपचारका क्रममा चोटका कारण मृत्यु भयो।
घटनास्थल नजिकैको एउटा भवनबाट खिचिएको भिडियो सामाजिक सञ्जालमा अहिले धेरै भाइरल भएको छ । जसमा तृणमूल कांग्रेसका नेता कुणाल घोष पनि समावेश छन्। भिडियो केही धमिलो छ, तर यसमा धेरै मानिसहरू भुइँमा लडिरहेको देखिन्छन् र चिच्याएको आवाज सुन्न सकिन्छ। प्रहरीले चोरबगानको सार्वजनिक दुर्गा पूजा पन्डाललाई सिल गरेको छ। घटनापछि पन्डालमा पूजा समितिका कुनै पनि सदस्यहरू नदेखिएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
शनिबार साँझ पौने ८ बजे उक्त भागदौड भएको थियो । ’चोरबगान’ उत्तर कोलकाताको सबैभन्दा ठूलो सार्वजनिक पूजा पन्डालहरू मध्ये एक रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । ’सप्तमी’ को रातमा भागदौड मच्चिएपछि, भारतीय प्रहरी प्रशासनको भूमिकालाई लिएर प्रश्नहरू उठ्न थालेका बताइएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएका विभिन्न भिडियोहरूमा देखाइए अनुसार, शनिबार साँझ पानी परेपछि पन्डालमा एउटा घोषणा गरिएको थियो, जसमा वर्षाका कारण संरचना भत्किन सक्ने चेतावनी दिइएको थियो। त्यसलगत्तै त्यहाँ भागदौड र कोलाहल मच्चिएको थियो । दुर्गा पूजाका बेला कोलकातामा ठूलो भीड लाग्नु कुनै नौलो कुरा नभएतापनि व्यवस्थापन पक्ष कमजोर रहेको बताइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक