News by: helpline
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेको बताउनु भएको छ ।
शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै ट्रम्पले वर्तमान राष्ट्रपति मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको हो । सामाजिक संजालमा ट्रम्पले “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको उल्लेख गर्नुभएको छ ।
मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बिचमा आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतङ्कवादी” सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ । अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजमा पनि प्रतिबन्ध लगाएको थियो । सोही समयमा, अमेरिकी सेनाले लागु औषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गा विरुद्ध कारबाही बढाएको छ ।
भेनेजुएलाले अमेरिका विरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको गर्दै आउनु भएको थियो । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार अमेरिकाले आज शनिबार बिहान २ बजे भेनेजुएलाको बिभिन्न सैनिक अखडामा आक्रमण गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,