24th December 2025, Wednesday

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा जाँदै

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।

गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा मिसिने सहमति भएको हो । समायोजनका लागि आज दिउँसो काठमाडौंमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

रावलले एमालेले कारबाही गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ मार्फत आफ्ना गतिविधि गर्दै आउनु भएको छ ।



No ad available.


No ad available.