News by: helpline
काठमाडौं । राष्ट्रियसभाका रिक्त चार समितिका सभापति निर्विरोध चयन भएका छन् ।
मंगलबार सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया हुनुहन्छ ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापतिमा भागवण्डा गरेका थिए । भागबण्डामा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाएको थियो ।
उपाध्यक्षमा एमाले सांसद लीला भण्डारी निर्विरोध हुनुभएको थियो उहाँले मंगलबारनै पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसक्नु भएको छ । विधायन समितिमा निर्वाचित चौधरी जनता समाजवादी पार्टी नेपालकी सांसद हुनुहन्छ । त्यसैगरी राष्ट्रिय सरोकार समितिमा निर्वाचित राई नेकपाकी सांसद हुनुहन्छ ।
विधायन व्यवस्थापन समितिमा निर्वाचित रोकाय कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक हुनुहन्छ । यसैगरी आर्थिक मामिला तथा सुशासन समितिमा निर्वाचित पौडेल कांग्रेसका सांसद हुनुहन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,