News by: helpline
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएकोमा विश्वासको मत पाउने अवस्था नदेखेपछि बानियाले पदबाट राजीनामा दिनु भएको हो । बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।
कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिनुभएको हो । एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका बानियाँ एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभएको थियो । एमाले र नेकपाबीच बागमतिमा सरकार बनाउने सहमति भैसकेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,