16th June 2026, Tuesday

बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

Post Image
3 घण्टा अगाडी

News by: helpline

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ले बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत तथा पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ तथा संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

यस्तै, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ९७ लाख ५३ हजार रुपैयाँ र अन्य संस्थामा गरिएको ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ प्राप्त हुने मन्त्री तामाङले बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ।

गत आर्थिक वर्ष २०८२/०८३ का लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा ५४ करोड ३९ लाख ९४ हजार घटेको छ।



No ad available.


No ad available.