News by: helpline
काठमाडौं । बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ ।
स्थानीयका अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो । आज एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जनाइएको छ ।
स्थानीय प्रशासनद्वारा बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक