24th December 2025, Wednesday

बिभिन्न १० वटा कम्युनिष्ट पार्टीबिच एकता,संयोजकमा दाहाल र सह संयोजकमा नेपाल

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १० वटा कम्युनिष्ट पार्टीबिच बुधबार एकता भएको छ ।

उनीहरुले काठमाडौंको भृकुटी मण्डपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना गरेर पार्टी एकताको घोषणा गरेका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ ।नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चुनिनु भएको छ । यस अघि दाहाल नेकपा माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुनुहुन्थ्यो । 

 पार्टीका नवनियुक्त संयोजक दाहालले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गर्नुभयो । उहाँले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने दाबी गर्नुभयो । दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने पनि बताउनु भयो ।

 बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी लगायतका दलहरूबीच एकता भएको हो ।पार्टीले २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ।

 



No ad available.


No ad available.