News by: helpline
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १० वटा कम्युनिष्ट पार्टीबिच बुधबार एकता भएको छ ।
उनीहरुले काठमाडौंको भृकुटी मण्डपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना गरेर पार्टी एकताको घोषणा गरेका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ ।नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चुनिनु भएको छ । यस अघि दाहाल नेकपा माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुनुहुन्थ्यो ।
पार्टीका नवनियुक्त संयोजक दाहालले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गर्नुभयो । उहाँले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने दाबी गर्नुभयो । दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने पनि बताउनु भयो ।
बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी लगायतका दलहरूबीच एकता भएको हो ।पार्टीले २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने