News by: helpline
काठमाडौं । संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
यसैगरी बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्ण, ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा डा संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बिवादमा तानिएपछि साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम अस्वीकृत गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक