22nd October 2026, Thursday

बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको सुनुवाई प्रक्रिया शुरु गरेको छ ।

 समितिले दशैँअघि नै सुनुवाइ टुङग्याउने गरी प्रक्रिया अघि बढाएको हो ।समितिको बिहिबार बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको प्रक्रिया शुरु गर्दै १० दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उहाँहहरूले पेस गर्ने कार्ययोजना र प्राप्त उजुरीलाई मुख्य आधार बनार्र्र्र्र्र्र्र्ई सुनुवाइ अघि बढाइने बताउनुभयो ।

यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ देशमा राजदूत सिफारिस गरेको थियो ।



No ad available.


No ad available.