News by: helpline
ललितपुर । नेकपा एमालेको ललितपुरको गोदावरीमा जारी ३ दिने दोस्रो विधान महाधिवेशन आज समापन भएको छ ।
शुक्रबारबाट ललितपुरको गोदवरीमा सुरु भएको महाधिवेशनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन गरी तीनवटै प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको छ ।आइतबार अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेस गरेपछि प्रतिनिधिहरूले तालिको ध्वनिका साथ प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
दुई प्रकारका पार्टी सदस्यता
एमालेको पारित विधान अनुसार अवदेखि एमालेका पार्टी सदस्य दुई प्रकारका हुनेछन् । पार्टीको विधानको धारा ४ को (क) लाई थप गर्दै पार्टी सदस्य र संगठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्थाका लागि प्रस्ताव पारित भएको छ ।
अबको कार्यदिशा : जबजको जगमा नेपाली विशेषताको समाजवाद
एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)को जगमा अब ‘नेपाली विशेषतासहितको समाजवाद’ स्थापना गर्ने कार्यदिशा तय गरेको छ ।महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सहितका प्रतिवेदनहरुमाथि १० वटा समूहमा प्रतिनिधिहरुले छलफल गरेका थिए । उक्त छलफलमा उठेका सुझावहरूपछि ओलीले जवाफ दिनु भएको थियो । त्यसक्रममा ओलीले नेपाली विशेषतासहितको समाजवाद जबजको जगमा अघि बढ्ने बताउनुभयो ।
७० वर्षे उमेर हदको व्यवस्था हटाइयो
बिधान महाधिवेशनले सबै तहको कमिटीमा निर्वाचित हुन ७० बर्से उमेर हदको व्यवस्थालाई हटाउने प्रस्ताव पारित गरेको छ । योसँगै अध्यक्ष ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुला भएको छ । पहिलो विधान महाधिवेशनबाट धारा ६४ मा गरिएको उक्त व्यवस्थालाई २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौं केन्द्रीय कमिटीको बैठकले निष्क्रिय गरेको व्यवस्थालाई विधानबाटै हटाउने प्रस्ताव महाधिवेशनले पारित गरेको हो ।
झण्डामा सुनौलो रंगको हसिया हथौडा
विधान महाधिवेशनले एमाले र अन्य कम्युनिष्ट पार्टीबीचको भिन्नता दर्शाउन झण्डाको रंग फरक बनाउने प्रस्ताव पारित पनि गरेको छ ।एमालेले अब आफ्नो झण्डामा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया हथौडा राख्ने भएको हो । नेपालका कम्युनिष्ट पार्टीको झण्डामा सेतो रंगको हसिया हथौडा हुने गरेको छ । एमालेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले प्रयोग गर्ने पहेँलो रंगको हसिया हथौडाजस्तै झल्किने झण्डा रोजेको हो ।
महाधिवेशनले बिभिन्न २८ बुँदे समसामयिक प्रस्ताव पास गरेको छ । प्रस्तावमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भदौ १४–१८ मा भएको चीन भ्रमणका क्रममा लिपुलेक प्रकरणमा बारेमा चीनीया राष्ट्रपति सि चि फिङसँग नेपाली भूमी लिपुलेकलाई भारतसँग गरेको व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने सम्झौताप्रति राख्नु भएको असहमतीले नेपालको शिर विश्वमा उँचो भएको उल्लेख गरिएको छ । एमालेको विधान महाधिवेशनद्वारा पारित प्रस्तावमा नेपाली भूमि लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्रका रुपमा प्रयोग गर्ने भनि गरेको सहमतिप्रति गम्भीर असहमति प्रकट गरिएको छ । एमालेले उक्त सहमतिबाट पछ हट्न दुवै देशलाई अपिल गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने