24th December 2025, Wednesday

बिभाग र भन्सार एजेन्टबीच सहमति, सेवा शुचारु

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक भएपछि सेवा शुचारु गरेका छन् ।

आन्दोलनरत भन्सार एजेन्टह र बिभागबीच सहमति बनेपछि आज बुधबारबाट भन्सार जाँचपासको काम शुरु भएको छ ।

विभागले आजै प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘भन्सार एजेन्ट महासङ्घको तर्फबाट विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभाग र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू विभाग र कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवम् नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको छ ।’’

 यो निर्णयसँगै सबै कार्यालय सञ्चालनमा आएका बिभागले जनाएको छ ।



No ad available.


No ad available.