News by: helpline
काठमाडौं । मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक भएपछि सेवा शुचारु गरेका छन् ।
आन्दोलनरत भन्सार एजेन्टह र बिभागबीच सहमति बनेपछि आज बुधबारबाट भन्सार जाँचपासको काम शुरु भएको छ ।
विभागले आजै प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘भन्सार एजेन्ट महासङ्घको तर्फबाट विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभाग र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू विभाग र कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवम् नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको छ ।’’
यो निर्णयसँगै सबै कार्यालय सञ्चालनमा आएका बिभागले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,