News by: helpline
काठमाडौं । निरन्तर वर्षासँगै देशभर बाढी, पहिरो, सडक भासिने र खोला तथा नदी आसपासमा डुबानको जोखिम बढेको छ ।
वर्षाका कारण पृथ्वी, बिपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णालीलगायत प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा सडक यातायात प्रभावित भएको छ भने नदी तथा खोलामा जलसतह बढेपछि तटीय र होचा भूभागमा जोखिम बढेको छ । वर्षका कारण जनजीवन समेत प्रभावित बनेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, चौकीभिर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा यातायात प्रभावित बनेको छ । ती स्थानमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि वर्षा नरोकिएकाले सडक पुनः अवरुद्ध हुने जोखिम कायमै छ ।
कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ । त्यसैगरी भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्याएकोछ ।
गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो । अविरल वर्षाका कारण हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । विषेशगरी मधेसलाई राजधानीसँग जोड्ने हेटौँडाका अधिकांश सडक खण्डहरू पहिरोका कारण अवरुद्ध भएका हुन् ।
नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक