News by: helpline
काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यो सँगै अब अध्यक्ष पदका लागि ओली र पोखरेलबीच प्रतिसपर्धा हुने निश्चित भएको छ । आज सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिनु भएको हो भने पोखरेल एमालेको १० औं महाधिबेशनपछि वरिष्ठ उपाध्यक्षमा पदमा रहनु भएको थियो ।
ओली र पोखरेलले आ–आफ्नो प्यानल समेत बनाउनु भएको छ । प्यानलमा नअटेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,