News by: helpline
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।
मंगलवार पार्टी मुख्यालय ललितपुरको च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई देशभर चर्काउने गरी २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको छ । एमालेका महासचिव शंकर पोखरेलकाअनुसार एमालेले विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ ।
त्यसैगरी चैत्र २८ गते सम्पूर्ण. पालिकास्तरमा विरोध प्रदर्शन, २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन, २०८३ वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसका लागि पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी समेत बैठकले दिएको एमालेले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखक दोषी देखिएको भन्दै प्रतिवेदन दिएपछि गत शनिबार ओली र लेखकलाई पक्राउ गरेर प्रीले रिासतमा राखेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक