24th December 2025, Wednesday

अध्यक्ष ओली आयोगमा बयान दिन जानु पर्ने ईश्वर पोखेरेलको भनाई, आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी नदिएको स्पष्टोक्ति

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताउनुभएको छ ।

बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले आयोगको अवज्ञा गर्न नहुने धारणा राख्नु भएको हो । आयोगले बोलाएको समयमा बयान दिन जानु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, ’त्यो आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’ पोखरेलले आयोगका अध्यक्षको भूमिका र प्रस्तुतिमाथि प्रश्न उठाउने ठाउँ भए पनि कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

 पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताउनुभयो । उहाँले ‘प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो,’ पोखरेलले भन्नुभयो, ‘सार्वजनिक रुपमा पनि हो । हामी कुनै अस्वभाविक रुपमा प्रस्तुत भएको होइन ।

पार्टी अध्यक्षसँग मैले नै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो ।’ उहाँले पार्टीमा विचारबारे विवाद नभएको पनि उल्लेख गर्नुभयो ।



No ad available.


No ad available.