23rd August 2026, Sunday

अदालतद्वारा ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थुनामौ राखेर अनुसन्धान गर्न अदालतबाट थप पाँच दिन म्याद थपिएको छ।

 काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थपको अनुमति दिएको हो ।

 गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका प्रथिवेदनका आधारमा यही चैत १४ गते ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।



No ad available.


No ad available.