24th December 2025, Wednesday

असंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य छ: अध्यक्ष ओली

Post Image
1 हप्ता अगाडी

News by: helpline

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलेअसंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताउनु भएको छ। नेकपा एमालेको ११औ महाधिबेशन उद्दघाटन समारोहमा अध्यक्ष ओलीले भदौ २३ र २४ को महाविनाश बिर्सन नसकिने भन्दै दोषीलाई कारबाही गर्नुभयो। एमाले एक्लै बहुमत ल्याउने पार्टी भएकोले निर्बाचन बाट नभाग्ने भन्दै शान्तिपूर्ण निर्बाचनको वातावरण बन्नु पर्ने बताउनु भयो। दलहरुसंग संबाद गर्नु पर्नेमा निषेध गरेकाले सरकार निर्बाचन गर्ने तर्फ नलागेको अध्यक्ष ओलीको आरोप थियो। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्ण बहादुर खड़काले बर्तमान राजनीति बिषम परिस्थितिमा ठूला दलहरु एकतावद्ध भएर जानुको विकल्प नभएको बताउनु भयो। कार्यबाहक सभापति खड़काले निर्बाचनको मिति तोकिएको भएपनि सरकारको गतिविधिले निर्बाचन हुनेमा आशंका पैदा भएको पनि बताउनुभयो। उच्चस्थरीय छानबिन समितिले बिना पुर्बाग्रह छानबीन ग़री दोषी माथि कारबाही हुनुपर्ने भनाई उहाँको थियो। नेपाली कम्युनिस्ट पार्टीका नेता देब गुरुंङले बर्तमान संकट समाधानको लागि सबै कम्युनिस्ट पार्टी बीच एकताको विकल्प नरहेको बताउनुभयो। रास्वापा महामन्त्री कविन्द्र बुर्लाकोटीले सबै दल निर्बाचनमा सहभागी भएर बर्तमान संकेतकों समाधान गर्नु पर्नेमा जोड़ दिनुभयो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक विषम परिस्थितिमा रहेकोले राजनीतिक दल र जेनजी पुस्ताबिच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने बताउनुभयो। नेकपा माओबादीका महासचिब नेत्रबिक्रम चन्द बिप्लबले बर्तमान परिस्थितीको सही समाधानको लागि सर्बदलीय सरकार गठन एक मात्रै विकल्प भएको बताउनुभयो। नेकपा एमालेको नेतृत्व चयनको लागि शुरू भएको ३ दिन चल्ने ११औं महाधिबेशनमा करीब २५सय प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ। भोली र पर्सी नहुने बन्द शत्रबाट एमाले प्रतिनिधिले १अध्यक्ष , १महासचिव , ३ उपाध्यक्ष, ३ उपमहासचिव र ७ जना सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्नेछन् ।।

No ad available.


No ad available.