24th December 2025, Wednesday

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइयो

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

 छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल गौरीगाठ र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा पुगेर छठीमाइको पूजा अर्चना गर्नुभएको थियो।

 



No ad available.


No ad available.