News by: helpline
एजेन्सी । अस्ट्रेलियाको बोन्डी बीचमा बाबु–छोराले गरेको गोलीबारीमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको छ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार घटनामा कम्तीमा १९ जना घाइते भएका छन् भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । करीब एक हजार जना यहुदीहरु हनुक्का पर्वमा सहभागी भएका बेला अन्धाधुन्द गोली प्रहार भएको हो । आक्रमणकारी मध्ये एक जना मारिएको र अर्को एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डीको दृश्यलाई स्तब्ध पार्ने र पीडादायी भनी चित्रण गर्नुभएको छ । उहाँले भविष्यमा यस्ता प्रकारका आक्रमणको सामना गर्न हरेक प्रकारका उपायहरु अपनाइने बताउनु भएको छ । प्रधानमन्त्री अल्बानीजले अस्ट्रेलियामा यहुदी विरोधी भावनालाई पूरै तरिकाले अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
प्रत्यक्षदर्शीले गोलीबारी सुरु हुँदा आफू बिचमा भइरहेको हनुकाह कार्यक्रमबाट आफ्ना बच्चाहरूसँगै भागिरहेको बताए । प्रहरीले घटना हनुक्का कार्यक्रमसँग सम्बन्धित भए नभएको विषयमा अनुसन्धान भईरहेको बताएको छ ।
अष्ट्रेलियामा भीडभाडमा गोली प्रहार विरलै हुने गर्दछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने