22nd October 2026, Thursday

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । भारत भ्रमणमा रहनु भएका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

अर्थमन्त्री वाग्लेले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो। भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतले नेपालप्रतिको सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएको थियो । विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले अर्थमन्त्री वाग्लेसँग आर्थिक, राजनीतिक र कनेक्टिभिटीको विषयमा छलफल भएको थियो । यसैगरी भोटेकोशी बिपद्मा परेर ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गरेको विदेशमन्त्री जयशंकरले सामाजिक संजाल एक्समार्फत जानकारी गराउनुभएको हो।



No ad available.


No ad available.