News by: helpline
काठमाडौं । नेपाली कांग्रेसले अर्काको आस्थामा चोट पुर्याउने काम नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनालाई स्मरण गर्दै कांग्रेसले उक्त आग्रह गरेको हो । पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले शान्तिपूर्ण, भयरहित, निस्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुनै पनि अप्रिय गतिविधिले कसैको हित नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो्, ’हामी अनुरोध गर्न चाहन्छौँ, जनता जनताबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनुहुँदैन्, सामाजिक विद्धेष फैलाउने, घृणायुक्त अभिव्यक्ति कुनै पनि पार्टीबाट हुनु श्रेष्यकर हुँदैन ।’ कतिपय जिल्लाहरूमा फरक पार्टीका कार्यकर्ताले पार्टीको झण्डा जलाउने लगायत अवाञ्छित हर्कतप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य ठान्दछ । यस्ता गतिविधिहरू तत्काल बन्द गरिनुपर्छ’, प्रेस विज्ञप्तिमा भनिएको छ । नेपाली कांग्रेसले बहुमत ल्याउने गरी चुनावी माहोल अघि बढाएको प्रवक्ता एवं प्रचार समिति संयोजक चालिसेले दाबी गर्नुभयो ।
‘लोकतन्त्रको स्थापना, सम्बर्धनन र दिगो भविष्यमार्फत लोककल्याणकारी शासन व्यवस्थालाई सबलीकरण गर्न वर्तमान परिस्थितिमा कांग्रेसलाई पहिलो पार्टी बनाएर सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउने जनताको भावना रहेको छ’,उहाँले भन्नुभयो । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको उत्साहमा रहँदा लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविछिन्न जोडिएको कांग्रेसले चुनावी अभियानलाई सशक्त रूपमा अघि बढाएको प्रवक्ता चालिसेले बताउनुभयो ।
निर्वाचन नजिकिँदै जाँदा कांग्रेसप्रति आकर्षण चुलिँदै गएको र विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेताकार्यकर्ताहरू नेपाली कांग्रेसमा आबद्ध हुने लहर देशभर चलेको प्रवक्ता चालिसेले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने