News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भंग भएको छ ।
रास्वपासँग एकता भंग भएसँगै उज्याले नेपालका पार्टी अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पुस १४ मा सहमति गरेपछिका १२ दिन अत्यन्तै पीडादायी भएको बताएको छ । रास्वपासंगको पार्टी एकता भएसँगै घिसिङले एकतर्फी रूपमा रास्वपाले सहमति भंग गरेको उल्लेख गर्नुभयो । उज्यालो नेपालको पार्टी केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै घिसिङले रास्वपासँग सहमति गरेर आफूले क्षति बेहोरेको पनि बताउनुभयो । ’छिटो सहकार्यमा जाऔं भन्ने कुरामा लामो समय लिनुभयो ।
समानुपातिकमा पनि लामो समय लिनुभयो । समानुपातिकमा सबै कुरा त्यागेर छोडेका थियौं । यो लामो समयसम्म इन्गेज गरेर बस्नुपर्दाखेरि पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ,’ घिसिङले भन्नुभयो, ’आज अन्तिम दिनमा एकतर्फी रुपमा उहाँहरूले सहमति भंग भएको घोषणा गर्नुभएको थियो ।
एकतर्फी रुपमा सहमति भंग भएको उहाँले मलाई जानकारी गर्नुभयो र मिडियामा त्यसरी आयो । हाम्रा लागि यो १२ दिन अत्यन्तै पीडादायी भयो ।’ घिसिङले रास्वपाका नेताहरूले अलिखित सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुस १४ मा ७ बुँदे लिखित सम्झौताका अलावा अलिखित सहमति पनि भएको तर त्यो कार्यान्वयन नगरिएको उल्लेख गर्नुभयो ।
संविधान, संघीयता, समावेशितालगायतका विषयमा पूरक सहमति गर्नका लागि आग्रह गरेको तर सुरुमा हुन्छ भनेर रास्वपा नेतृत्व पछि हटेको पनि घिसिङले बताउनुभयो । स्रोतका अनुसार अन्य पार्टीबाट पनि आएकालाई घिसिङले रास्वपामा स्थान दिनुपर्ने अडान राख्नु भएको थियो ।
तर रास्वपाका सभापति रबि लामिछानेले अरु पार्टीबाट आएकाले भविष्यमा गुटबन्दी गर्ने र आफूलाई कमजोर बनाउन सक्ने भन्दै कुनै पार्टीमा नलागेका कलाकार,पत्रकार लगायतका भोट तान्न सक्ने सेलीब्रेटीलाई मात्रै पार्टीमा स्थान दिइने र त्यही अवस्थामा बालेन साहसँग पनि सहमति भएको र उहाँले भनेका २६ जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको स्रोतले बताएको छ ।
उता कुलमानले भने रास्वपा वा उज्यालो पार्टी भनेर आएकालाई स्थान दिनुपर्ने अडान राख्नु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,