23rd August 2026, Sunday

अपराधका घटना ४ दशमलव ३५ प्रतिशतले बढ्यो

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौ ।नेपालमा हुने अपराधमा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ ।

 नेपाल प्रहरीको बार्षिक गतिविधि बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालयले आर्थिक बर्ष २०८२/०८३ मा ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको तथ्याङक सार्वजनिक गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरिक्षक अबिनारायण काफ्लेले गत बर्षको तुलनामा अपराधमा वृद्धि भएको बताउनुभयो । प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा भने मुद्दा दर्ताको संख्या ५८ हजार ४ सय ७२ छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा ४ दशमदव ३५ प्रतिशतले अपराध वृद्धि भएको तथ्याङक नेपाल प्रहरीले सार्वजनिक गरेको हो । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५९ हजार २०३ मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष २०७९/८० मा ५६ हजार ३ सय २३ मुद्दा दर्ता भएको देखिन्छ। प्रहरीमा दर्ता भएका मुद्द्धामा सबैभन्दा बढी बैंकिङ कसुरको रहेको पनि प्रहरीले जनाएको छ । देशभर बैङ्किङ कसुरसँग सम्बन्धित १२ हजार ९ सय ५० वटा जाहेरी दर्ता भएका छन् ।

 काठमाडौँ उपत्यकामा बैंकिङ कसुरका ६ हजार २२ वटा जाहेरी दर्ता भएको प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले बिभिन्न अपराधका घटना मध्ये साइबर अपराध, बैंकिङ कसुर, अनलाइन ठगी, वैदेशिक रोजगारीमा ठगी जस्ता अपराधमा बढोत्तरी भएको जनाएको छ । नेपाल प्रहरीले वर्तमान समयमा सामाजिक सञ्जालको दुरुपयोग र बढ्दो वित्तीय अपराधलाई शान्ति सुरक्षाको मुख्य चुनौतीका रूपमा पहिचान गरेको उल्लेख गरेको छ। यसैगरी, पछिल्लो समय वित्तीय अपराध र साइबर अपराधका घटनाहरू पनि उच्च रूपमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ ।बिभिन्न १० प्रकारका मुख्य अपराधहरूको विश्लेषण गर्दा साइबरसँग सम्बन्धित ’स्क्यामिङ’ का घटनाहरू बढी देखिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोगका कारण सिर्जित सुरक्षा चुनौतीलाई प्रहरीले गम्भीरताका साथ लिएको भन्दै यस्ता सुरक्षा चुनौतीहरूलाई चिर्न र सम्भावित अपराधहरू न्यूनीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालयले विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रहरीलाई उच्च सतर्कताको अपनाइ केन्द्र, उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रहरीलाई उपकरणसहित विपद् पूर्वतयारी र प्रतिकार्यका लागि १० हजार बढी प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको र यस्तो शरणार्थीको संख्या हालसम्म ५ सय २६ जना रोहिङ्ग्या रहेका पनि प्रहरीले जनाएको छ । विदेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाइएको जानकारी दिदै प्रवक्ता काफ्लेले सीमा क्षेत्रका प्रहरीलाई यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न निर्देशन दिइएको बताउनुभयो ।



No ad available.


No ad available.