24th February 2026, Tuesday

अप्राकृतिक गठबंधन र शताको लागि कुनै सम्झौता नगर्ने कांग्रेसको निर्णय

Post Image
1 महिना अगाडी

News by: helpline

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने निर्णय गरेको छ । काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांकेटमा शनिबार बसेको पहिलो बैठकले अप्राकृतिक गठबन्धन र शत्ताको लागि कुनै सम्झौता नगर्ने निर्णय गरेको हो । पार्टी बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता जनाएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । कांग्रेसले शत्ता केन्द्रीत सम्झौता नार्ने निर्णय गरेको भन्दै प्रवक्ता चालिसेले सबै सदैव मूल्य र सिद्धान्तमा अडिग रही संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने प्रतिवद्द्धता बैठकले गरेको वताउनुभयो । जेनजी आन्दोलनपछि प्रकट भएको नवयुवाको आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न कांग्रेस बैठकले दृढता व्यक्त गरेको पनि प्रवक्ता चालिसेले बताउनुभयो । बैठकले पार्टीमा देउवाले पुर्‍याएको योगदान र नेतृत्वको उच्च मूल्यांकनसहित आभार व्यक्त गर्ने, निर्णय पनि गरेको छ । त्यसैगरी निवर्तमान केन्द्रीय कार्यसमिति र कांग्रेस नेतालाई पार्टीको काममा फर्कन आग्रह गरेको छ। त्यस्तै बैठकले चुनावमा टिकट वितरणका लागि सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन गरेको छ । बैठकले समुन्नत नेपालको महाअधियानमा जोडिन आग्रह गर्दै थप स्नेह विश्वास र साथ दिन सबैमा अनुरोध पनि बैठकलले गरेको छ ।

No ad available.


No ad available.