News by: helpline
ललितपुर । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा ललितपुरको महालक्ष्मी नगरपालिकाले न्यानो कपडा बितरण गरेको छ ।
दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेर महालक्ष्मी नगरपालिका भित्र बसोबास गरिरहेका अपाङ्गता भएका सबै ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो । नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले उनीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
यसैगरी सो अवसरमा नगरपालिका भित्र रहेर अपाङ्गता क्षेत्रमा काम गरिरहेका बिभिन्न संघ संस्थालाई सम्मान पनि गरिएको थियो । सो अवसरमा उपमेयर महर्जनले अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्यका सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
यस पटकको दिवसको नारा “अपाङ्गता समावेशी समाजको प्रवर्धन– सामाजिक उन्नतिको सम्वर्धन“ भन्ने रहेको छ । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत अमित ढुंगाना,नगरपालिकाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने