13th June 2026, Saturday

अमेरिकाद्वारा इरानमा हवाई हमला

Post Image
3 दिन अगाडी

News by: helpline

अमेरिकाद्वारा इरानमा हवाई हमला एजेन्सी । अमेरिकाले इरानमा मंगलबार हवाई हमला गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको नजिकै इरानले अमेरिकी हेलिकप्टर खसालेको आरोप लगाएपछि अमेरिकाले इरानमाथि आक्रमण गरेको हो । इरानले अमेरिकी सेनाको हेलिकप्टर खसालेको प्रतिक्रियामा आक्रमण शुरु गरेको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जनाएको छ। “यो अभियान अनुचित इरानी आक्रामकताको समानुपातिक प्रतिक्रिया हो,“ सेन्टकमले एक विज्ञप्तिमा भनेको छ। फारसी खाडी र हर्मुजको जलमार्ग तटमा विस्फोटहरूको आवाज सुनिएको बीबीसीले जनाएको छ ।

खसालिएको अमेरिकी अपाचे हेलिकप्टरका दुई चालक दलका सदस्यहरूलाई अमेरिकी समुद्री ड्रोनले उद्धार गरेको पनि सेन्टकमले जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, इरानले आक्रमणका लागि ड्रोन प्रयोग गरेको थियो।

घटनापछि इरानका विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत इरान कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई नबस्ने चेतावनी दिएका छन्। उनले विदेशी सैन्य उपस्थितिले दुर्घटनाको जोखिम बढाउने भन्दै क्षेत्र छोड्न सुझावसमेत दिएका छन्। इरानी संचारमाध्यमले पनि यो घटनाको पुष्टि गरेका जनाइएको छ । अमेरिकी समयअनुसार मंगलबार साँझ ५ बजे अमेरिकाले हर्मुजनजिकै इरानको केश्म टापु र सिरिक बन्दरगाहमा हमला गरेको हो।



No ad available.


No ad available.