News by: helpline
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध प्रदर्शन भएको छ ।
अमेरिकी नागरिकहरुले बढ्दो महँगी, इरानसँगको युद्ध र ट्रम्प प्रशासनको नीतिविरुद्ध असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।
विशेषगरी इरान युद्धका लागि अपनाएको नीतिविरुद्ध ट्रम्प ‘नो किंग्स’ प्रदर्शन भएको हो । देशका तीन हजार भन्दा बढी ठाउँमा भएका ठूला साना प्रदर्शनमा हजारौंको संख्यामा नागरिक सहभागी भएका थिए । यो राष्ट्रब्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि यस्तै प्रदर्शन गरिएको थियो ।
रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका मानिसहरू प्रदर्शनमा सहभागी हुँदै आएका छन् । प्रदर्शनकारीले नारा लगाउँदै प्लेकार्ड प्रदर्शन तथा नाचगान एवं संगीतका माध्यमबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पको अधिनायकवादी शैलीको विरोध गर्दै अमेरिकाका सहर–सहरमा विशाल प्रदर्शन भएको छ।
नो किंग्स (राजा चाहिँदैन) अभियान अन्तर्गत तेस्रो चरणको यो आन्दोलनमा अमेरिकाका सबै ५० वटै राज्यमा विरोध कार्यक्रम आयोजना गरिएका छन् । प्रदर्शनमा लाखौंको सहभागिता रहेका छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक