News by: helpline
एजेन्सी । मधयपूर्वको तनाव अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
अमेरिकाका उपराष्ट्रपति भेन्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक पत्रकार सम्मेलनमार्फत लगातार २१ घण्टासम्म चलेको सघन छलफलमा अमेरिकाले आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भएपनि इरान कुनै सर्तहरूमा सहमत नभएको जानकारी गराउनुभएको हो ।
यस्तै, भेन्सले छलफल सद्भावका साथ गरिएको थियो तर प्रस्तावले अझै स्वीकृति पाउन नसकेको बताउनुभयो । उपराष्ट्रपति भान्सले वार्ताका लागि अमेरिका लचिलो र सद्भावका साथ पाकिस्तान आएको भन्दै दुर्भाग्यवश दुवै पक्ष सहमतिमा पुग्न नसकेको उल्लेख गर्नुभयो । वार्ता असफल भएसँगै मध्यपूर्वको अवस्था के हुने हो भन्ने सबैमा चिन्ता पैदा भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,