16th June 2026, Tuesday

अमेरिका र इरानबीच शान्ति सम्झौता, विश्वभर प्रसंशा,तेलको मूल्य घट्यो

Post Image
3 घण्टा अगाडी

News by: helpline

एजेन्सी । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच शान्ति सम्झौता भएको छ।

सोमबार अमेरिका र इरानबीच शान्ति संझौता भएको हो । यससँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको आकलन गरिएको छ ।

 पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचारिक हस्ताक्षर समारोह आगामी शुक्रबार (जुन १९ मा) स्विट्जरल्यान्डमा आयोजना गरिने जानकारी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गर्नुभयो । सम्झौतापछि वासिङ्टनले हर्मुज जलमार्गमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गर्नुभएको छ। यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका हुन् ।

 इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् । अमेरिकाले इरानसँग शान्ति सम्झौता गर्ने सहमति भएको दाबी गरेसँगै कच्चा तेलको मूल्य घटेको छ भने पाकिस्तानको मध्यस्थताको विश्वभर प्रसंशा भइरहेको छ ।



No ad available.


No ad available.