News by: helpline
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहको समापनमा आयोजकले अहिले सम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले बिशष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी दिएका हुन् ।
अहिले सम्म ६२ प्रतिशत पुगेको र अहिले पनि प्रतिनिधिहरुले हस्ताक्षर गर्ने कार्यक्रम जारी रहेको यो संख्या बढ्ने आयोजकको दावी रहेको छ । कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनु भएको थियो । सोमबार बन्द सत्रको कार्यक्रम रहेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने