News by: helpline
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ ।
पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।” अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,” उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनुभयो । उहाँले युवा भनेको आगो भएको उल्लेख गर्नुहुँदै अनुभव भनेको उज्यालो भएको बताउनु भयो । आगोलाई दिशा चाहिने र उज्यालोलाई ऊर्जा चाहिने भन्दै उहाँले दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले यो निर्वाचनलाई केवल पुस्तान्तरको विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो गन्तव्य स्पष्ट छ । समृद्ध नेपाल सुखी नेपाली । हाम्रो संकल्प स्पष्ट छ । सुशासन, विकास, समृद्धि र समानता। त्यसैका लागि घोषणापत्रमा हामीले गर्ने कामको सूची प्रस्तुत गरेका छौं । तत्काल गर्ने ११ काम, ५ आधारभुत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेका छौं । निर्वाचन पछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बाटै निर्णय गरेर समय सीमा तोकेर तत्काल गर्ने ११ काम अघि बढाउने छौं । मित्रहरु, फेरि अर्को भ्रम हाम्रा सामु चर्चा गरिँदैछ पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व ।’ उहाँले भन्नुभयो ।
ओलीले थप भन्नुभयो, ‘म भन्न चाहन्छु म आज स्पष्ट शब्दमा भन्न चाहन्छु यो देश पुस्ताहरु बीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि चल्दैन पनि । देश बनाउनका लागि युवाको ऊर्जा चाहिन्छ । त्यो जोस, त्यो सपना, त्यो हिम्मत जसले जस्तो सुकै कठिन पहाड पनि चढ्न सक्छ । तर सँगसँगै अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लर्खराउँदा भरोसा दिन्छ । युवा भनेको आगो हो। तर आगोलाई दिशा चाहिन्छ नत्र त्यही आगोले जलाउँछ । अनुभव भनेको उज्यालो हो । तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ नत्र उज्यालो आफै निभ्छ । आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो रणनीति, हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो। त्यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह हो । यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष पनि हो। ।’
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने