News by: helpline
काठमाडौ । सरकारले सन् २०१६ नोभेम्वर ९ देखी निस्काशन भएका भारतिय रुपैया २ सय तथा ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुबै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजार सम्म ल्याँउन वा लैजान पाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । त्यसैगरी प्रचलित कानुनमा व्यवस्था भएकोमा वाहेक सेवा प्रवाहको प्रकृयामा कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दलहरुसँग वार्ता गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन
सरकारले दलहरुसग वार्ता र छलफल गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र प्रधनमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाचीका डा. प्रकाश कुमार श्रेष्ठ र सदस्यमा काठमाडांैकी प्रा.डा. सुनीती श्रेष्ठहाडालाई नियुक्त गर्ने निर्णय गरिएको पनि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने