News by: helpline
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको विवरण निर्वाचन आयोगले चाँडै अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनु भएको छ ।
विशेष महाधिवेशनका निर्णय अद्यावधिक गराउन बिहीबार निर्वाचन आयोग पुग्नु भएका थापाले माघ ६ गतेको समयसीमालाई ध्यानमा राखी शीघ्र निर्णय गर्न आग्रह गरेको बताउनुभयो । उनले विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भइसकेको भन्दै आवश्यक तथ्य, प्रमाण र कागजात आयोगमा बुझाइएको जानकारी दिनुभयो ।
विशेष महाधिवेशन शुरु भएसँगै पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएको जानकारी पनि समयमै दिइएको पनि सभापति थापाको भनाई छ । बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुग्नुभएको थियो ।
कांग्रेसले पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको थियो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,