News by: helpline
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।
उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो ।
हटाइएकामध्ये प्रदेशसभा बन्दसूचीमा नाम कायम भएका २५ जना छन् भने आयोगको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि हटाइएको छ ।
यस्तै, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १, राजनीतिक दलको अनुरोधमा हटाइएका १० तथा अन्य कारणबाट २ जनाको नाम सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
यससम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको पनि आयोगले जनाएको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,