News by: helpline
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ को समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वको टोलीले बिहिबार राष्ट्रपति कार्यालय शितल निवासमा निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएको हो। निर्वाचन प्रतिवेदन बुझाएसँगै नवनिर्वाचित सांसदको शपथ ग्रहण र नयाँ सरकार बनाउने प्रक्रिया पनि अघि बढेको छ । यसअघि निर्वाचन आयोगले आज बिहिबार नै प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको थियो। आयोगले आज समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको थियो । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ धेरै सिट जितेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,