14th April 2026, Tuesday

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न लागि पर्ने एमाले अध्यक्ष ओलीको प्रतिवद्वता

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ।

अध्यक्ष ओलीले दमक –४ मा रहेको एक्सन फुट वेयरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई प्रत्यक्ष भेट गर्नुभएको हो। सो अबसरमा ओलीले त्यहाँको उत्पादनको प्रकार, स्थिति र बजारको सम्भावनाबारेमा जानकारी लिनुभएको थियो । सञ्चालक चुडामणि कार्कीले त्यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपालभर बितरण गर्नेगरेको र मागअनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा ओलीले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सिर्जना गर्ने काममा आफू लागिपर्ने बताउनुभयो ।

आसन्न निर्वाचनका लागि प्रचारको अन्तिम दिन उहाँले आज स्थानीय उद्योग र त्यहाँ काम गर्ने मजदुरसँग भेट गर्नुभएको थियो । झापा ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहनुभएका अध्यक्ष ओली अहिले चुनावी अभियान अन्तर्गत घरदैलोमा व्यस्त रहनुभएको छ।



No ad available.


No ad available.